पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका एक जना महिला पक्राउ परेकी छन् ।
लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेका बेला आइतबार प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । उनले कोही पनि सहकारी पीडित नभएको भन्दै सरकारको कडा आलोचना गरिरहेकी उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी ती महिलालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको जनाइएको छ । रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साटेर पक्राउ गरिएको भन्दै रास्वपाका कार्यकर्ताले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका छन् ।
उनीहरुलाई हटाउन प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ।
