काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि पाकिस्तानका अलराउन्डर हुसैन तलातलाई भित्र्याएको छ ।
हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले टेष्ट राष्ट्र पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात अनुबन्ध गरेको जनाएको छ ।
उनले पाकिस्तानबाट १८ टी–२० आई खेलेका छन् । जसमा ३९४ रन बनाएका छन् । यस्तै १६९ टी-२० खेल खेलेका छन् । उनले सन् २०१९ मा वेष्ट इन्डिजविरुद्ध टी २० आईमा डेब्यु गरेका थिए ।
कर्णालीले तलातलाई पहिलो विदेशि खेलाडीको रुपमा भित्र्याएको हो । कर्णाली याक्समा मार्की सोमपालसहित राष्ट्रिय टिममा रहेका गुल्सन झा र देव खनाल समेत छन् ।
यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका भुवन कार्की, मौसम ढकाल पनि कर्णालीको टिममा छन् । कर्णालीको अन्य खेलाडीमा नन्दन यादव, रित गौतम, अर्जुन घर्ती मगर, दीपेन्द्र रावत, युनिविक्रम ठकुरी र दीपक डुम्रे छन् ।
एनपिएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्दैछन ।
