काठमाडौं । आईसीसी महिला टी- २० विश्वकप क्रीकेट २०२४ को उपाधि न्युजिल्यान्डले उचालेको छ ।
न्युजिल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १२६ रन मात्रै बनाउन सक्यो । न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्यो ।
दक्षिण अफ्रिकाकी लौरा वोल्भार्डले ३३ र ताज्मिन बिट्रीसले १७ रन बनाइन । बलिङतर्फ न्युजिल्यान्डकि अमेलिया केरले ३ विकेट लिइन ।
त्यस्तै रोजमेरी मायरले ३ तथा इडेन कार्सन, फ्रान जोनास र ब्रुक हलिडेले समान एक- एक विकेट लिइन ।
यस अघि यूएई अन्तर्राष्ट्रिय किक्रेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा १५८ रनको योगफल बनाएको थियो ।
न्युजिल्यान्डका लागि सुजी बेट्सले ३२ र अमेलिया केरले ४३ रन बनाइन भने ब्रुक हलिडे ३८ रन जोडिन ।
बलिङतर्फ दक्षिण अफ्रिकाकी अयाबोंगा खाका ननकुलुलेको मलाबा र नादिन डे क्लर्कले एक-एक विकेट लिइन ।
यो उपाधिसँगै न्युजिल्यान्डले पहिलो पटक आईसीसी महिला टी- २० विश्वकप क्रीकेटको उपाधी जितेको छ ।
