मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

पक्राउ

वडाध्यक्ष उजेर अली १५ हजार घुससहित पक्राउ

वडाध्यक्ष उजेर अली १५ हजार घुससहित पक्राउ

बागीपाेस्ट संवाददाता
बिहीबार , फागुन ५ २०७८

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उजेर अली घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अलीलाई १५ हजार रुपैयाँ घुस सहित पक्राउ गरेको आयोगका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए । अलीले सेवाग्राहीसँग घरबाटो सिफारिस दिनको लागि घुस मागेका थिए । उक्त सूचना पाएपछि बुटवलबाटभ खटिएको अख्तियारको टोलीले उनलाई कार्यकक्षबाटै घुससहित पक्राउ गरेको हो ।

आयोगका अनुसार पक्राउ परेका वडाध्यक्ष अलीमाथि थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार