मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एसीसी प्रिमियर कप

हङकङसँग पराजित भएसँगै नेपालले इमर्जिङ टिम्स एसिया कप पनि गुमायो 

हङकङसँग पराजित भएसँगै नेपालले इमर्जिङ टिम्स एसिया कप पनि गुमायो 

आज भएको खेलमा हंङकङसँग ४ विकेटको हार बेहोरेसँग नेपालले इमर्जिङ टिम्स एसिया कप पनि गुमाएको छ ।

बागीपाेस्ट संवाददाता
शनिबार, वैशाख ८ २०८१

काठमाडौं । एसीसी प्रिमियर कप– २०२४ को तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग चार विकेटले पराजित भएको छ । 

आज भएको खेलमा हंङकङसँग ४ विकेटको हार बेहोरेसँग नेपालले इमर्जिङ टिम्स एसिया कप पनि गुमाएको छ । यस अघि शुक्रबार भएको सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएको थियो । यो हारसँगै एसीसी प्रिमियर कपको उपाधि उचालेर एसिया कप खेल्ने नेपालको सपना चकनाचुर भएको थियो । 

शनिबार तेस्रो स्थानको लागि नेपालले दिएको १४० रनको लक्ष्य हङकङले ३ बल बाँकी छदै पुरा ग¥यो । हङकङका अंशुमन रथ सर्वाधिक ६५ रनमा नटआउट रहे । त्यस्तै बाबर हायतले २६ र अजिज खानले १२ रनको योगदान दिए । 

बलिङतर्फ नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १३९ रनको योगफल तयार गरेको थियो । 

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित कुमार पौडेलले २१, सन्दीप जोराले २२, कुशल मल्ले १३ रन, सोमपाल कामीले १२ रन जोड्नु बाहेक अन्य ब्याट्स्म्यानले दोहोरो रन बनाउन सकेनन् । 

हङकङका आयुश शुक्लाले सर्वाधिक ३ विकेट चट्काए भने अतिक इकबाल, यासिम मुर्तजा र एहसान खानले समान एक–एक विकेट लिए । 

यूएई र ओमानबीचको फाइनल खेल आइतबार हुनेछ । उपाधि विजेता टिमले एसिया कप खेल्नेछ । 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार