नयाँ दिल्ली । महाराष्ट्रको गडचिरोली जिल्लामा सोमबार पुलिससँगको भिडन्तमा कम्तीमा पाँच माओवादी मारिएका छन् ।
छत्तीसगढको नारायणपुरसँग सीमा जोडिएको क्षेत्रमा दुवै पक्षबीच गोली हानाहान भएको थियो ।
गडचिरोली प्रहरीको सी सिक्स्टी कमाण्डो टोली र एक सीआरपीएफ टोलीले अपरेशन गरेको जनाइएको छ ।
यस वर्ष मे महिनामा दुई महिला सहित तीन माओवादीहरू भिडन्तमा मारिएका थिए ।
प्रतिबन्धित माओवादी संगठन पीपुल्स लिबरेसन गुरिल्ला आर्मी (पीएलजीए) का कम्तीमा १२ सदस्यहरू गडचिरोलीमा छ घण्टाको अपरेशनमा गोली हानी मारिएको जनाइएको छ ।
छत्तीसगढमा मात्रै पछिल्लो एक वर्षको अवधिमा कम्तीमा १७५ को मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
