काठमाडौं । ठगी तथा संगठित अपराधमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहिबार लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएको थियो ।
लामिछानेलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेर अनुसन्धानका लागि पोखरा लिएको छ ।
यस अघि अदालतले उनलाई ६ दिन म्याद दिएको थियो । उक्त म्याद सकिएपछि आज प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियोे ।
रवि लामिछाने पक्राउ परेसँगै रास्वपाका नेता कार्यकर्ताहरुले सरकारले फसाउन षड्यन्त्र गरेको भन्दै पोखरामा निरन्तर प्रदर्शन गर्दै आएका छन् ।
