काठमाडौं । साफ महिला च्याम्पिएनसिप अन्तर्गत २०२४ को समूहचरण अन्तर्गतको खेलमा श्रीलंकालाई ६ गोलले पराजित गर्दै नेपाल समूह विजेता बनेको छ ।
बिहिवार दशरथरंगशालामा भएको खेलमा श्रीलंकाको पोष्टमा ६ गोल गर्दै नेपाल समूह विजेता बनेर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । अघिल्लो खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले पराजित गरेपछि नेपाललाई समूह विजेता बन्न ६ गोलको आवश्यकता थियो ।
पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल ग¥यो । रश्मी केसीले अतिरिक्त समयमा गोल गर्दै नेपाललाई ६–० कै जित दिलाइन् । अब सेमिफानलमा नेपालले भारतको सामना गर्नेछ ।
