काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नेचर हब्र्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ४८ वर्षीय खनाललाई पक्राउ गरेको हो । उनी गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडमा पनि शेयर धनी छन् ।
प्रहरीका अनुसार तनहुँ घर भएका उनलाई शुक्रबार पानीपोखरीबाट पक्राउ परेका हुन् । सूर्यदर्शनसहितका सहकारी ठगीमा अनुसन्धान गर्नको लागि प्रहरीले पूर्वडिआईजी छविलाल बन्डाजे, रास्वपाका सभापति रवि लामिछानेसहितलाई पक्राउ गरेको छ ।
रास्वपा सभापति लामिछाने अनुसन्धानमा रहेकै समयमा खनाललाई पनि सोही प्रकरणमा अनुसन्धानको लागि पक्राउ गरिएको हो । उनलाई आजै जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।
