मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

प्रचण्डले भने : खबरदारी सभा कसैलाई बचाउनको लागि होइन 

प्रचण्डले भने : खबरदारी सभा कसैलाई बचाउनको लागि होइन 

तर, हालका प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेको प्रचण्डले बताए । 

शनिबार, कात्तिक १० २०८१
शनिबार, कात्तिक १० २०८१
  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसैलाई बचाउनको लागि खबरदारी सभा नगरिएको स्पष्ट पारेका छन् । 

    शनिबार राजधानीको भृकुटीमण्डपमा माओवादी केन्द्रले आयोजना गरेको विशाल खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रवि लामिछानेलाई मुद्धाबाट बचाउनको लागि खबरदारी सभा गर्न लागेको भनेर माओवादीको बदनाम गर्न खोजिएको बताए । 

    उनले भने, “माओवादीको मान्छे प¥यो भनेर बचाउन पर्दैन, अरुको कुरा छोड्दिनु प्रचण्ड देखा परेपनि पक्राउ गर्नु भनेका थियौं । त्यो भन्ने मान्छेलाई कसैलाई बचाउनु पर्छ भनेर खबरदारी सभा गर्नुपर्छ ।”

    माओवादी हिजो सरकारमा रहँदा र आज सरकारबाहीर रहँदा पनि सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने पक्षमा माओवादी रहेको अध्यक्ष प्रचण्डको भनाई रहेको छ । सरकारमा हुँदा पनि छानबिनका लागि संसदीय समिति बनाउने कुरालाई नराम्रो रुपमा नलिन रवि लामिछानेसँग आफूले आग्रह गरेको प्रचण्डले बताए । 

    उनले भने, “रवि लामिछानेलाई बचाउनको लागि माओवादीले खबरदारी सभा गरियो भन्ने प्रचार गरियो । खबरदारी सभा कसैलाई बचाउनको लागि होइन् । अहिले सरकारले जे रवैया देखाएको छ, त्यसमा हाम्रो आपत्ती छ । त्यही प्रतिवेदनमा नाम उल्लेख भएका एमाले–कांग्रेससँग सम्बन्धीत व्यक्तिहरुलाई चाही छानबिन गर्न नपर्ने, गिरफ्तार गर्न नपर्ने, राजनीतिक पूर्वाग्राहरीले प्रतिपक्षलाई मात्र गिरफ्तार गर्ने सरकारको तरिका ठीक भएन ।”

    आफू प्रधानमन्त्री हुँदा देखि नै दोषी कोही बच्नु हुँदैन र निर्दाेष कोही फस्नु हुँदैन भनेको भन्दै उनले सहकारी पीडितहरुलाई न्याय दिन पनि आफूले सिंहदरबारमा पचासौं बैठक गरेको बताए । 

    रवि लामिछानेविरुद्ध संसदमा प्रश्न उठेपछि आफू छानबिन समिति गठन गर्न तयार भएको र पछि रवि लामिछाने पनि तयार भएको तर, हालका प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेको प्रचण्डले बताए । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार