काठमाडौं । भारतलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिप को फाइनलमा प्रवेश गरेको छ ।
आइतबार दशरथ रंगशालामा भएको खेलमा पेनाल्टी सुटआउटमा नेपालले ४–२ गोलले भारतलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो । पहिलो हाफमा गोलरहित बरार भएको थियो ।
दोस्रो हाफमा पहिला भारतले अग्रता लिएको थियो । नेपालले गरेको गोल अफसाइट भएपछि केही समयसम्म तनावग्रस्त बनेको थियो । फेरी खेल सुरु भएपछि नेपालकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले गोल गर्दै १–१ को बराबरी बनाइन ।
सावित्राले प्रिती राईको पासमा उत्कृष्ट गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा भारतले दुई पेनाल्टी मिस गरेपछि नेपालको फाइनलको यात्रा सुरक्षित भएको हो ।
अब नेपालले उपाधिका लागि अब बंगलादेशसँग भिड्न्त गर्नेछ । आइतबार नै यस अघि भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।
