मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

भाइटीका

भाइटीकाको शुभ साइत कात्तिक १८ गते बिहान ११ः३७ बजे 

भाइटीकाको शुभ साइत कात्तिक १८ गते बिहान ११ः३७ बजे 

भाइटीकाको शुभसाइत कात्तिक १८ गते बिहान ११ बजेर ३७ मिनेटमा रहेको

सोमबार, कात्तिक १२ २०८१
सोमबार, कात्तिक १२ २०८१
  • काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । 

    समितिका अनुसार भाइटीकाको शुभसाइत कात्तिक १८ गते बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ । आजको बैठकले भाइटीकाको शुभ साइतबारे निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । 

    पश्चिम मोहोडा गरेर भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजा पूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यम पञ्चक तथा नेपालीको दोस्रो ठूलो चाँड तिहार कात्तिक १३ गते मंगलबारदेखि सुरु हुँदैछ । 

    आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधवार नै मनाइन्छ । कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मी पूजा पनि कात्तिक १५ गते बिहिवार मनाउनुपर्छ । औंशी कात्तिक १६ गते शुक्रबार परेको छ । त्यस दिन भने तिहारको कुनै पर्व नरहेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    कात्तिक १७ गते शनिबार गोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलि तिहार, म्हपूजा र नेपाल संम्वत् ११४५ पनि परेको छ । यसैगरी कात्तिक २२ गते बिहिवार छठ पर्व परेको पनि समितिले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार