काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल खेलमा अहिले घरेलु टोली नेपाल र बंगलादेश भिडिरहेका छन् ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरी भएको छ । दुवै टोलीले निर्धारित पहिलो हाफमा गोल गर्न सकेनन् ।
जारी खेलको पहिलो हाफमा दुवै टोलीले अवसर पाए पनि गोल भने गर्न सकेका छैनन् । पहिलो हाफमा बंगलादेशले एक कर्नर पाए पनि त्यसको सदुपयोग गर्न सकेन् ।
