मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

न्यायालय

भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव अर्यालले पाए सफाइ 

भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव अर्यालले पाए सफाइ 

यो मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई भने विशेष अदालतले दोषी ठहर गरेको छ ।

बुधबार, कात्तिक १४ २०८१
बुधबार, कात्तिक १४ २०८१
  • काठमाडौं । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालले सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । 

    बुधवार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू खुशीप्रसाद थारू र रितेन्द्र थापाको संयुक्त इजलासले निलम्बित पूर्वमुख्य सचिव अर्याललाई सफाइ दिएको हो । 

    अर्याल मुख्यसचिवमा बाहल रहेकै अवस्थामा अन्तःशुल्क स्टिकर छपाइमा ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

    यो मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई भने विशेष अदालतले दोषी ठहर गरेको छ । उनीहरुलाई सजाय निर्धारण भने २५ मंसिरमा हुने विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । 

    भ्रष्टाचार मुद्दा दायर भएपछि तत्कालिन मुख्यसचिव अर्याल निलम्बनमा परेका थिए र सरकारले उनको दरबन्दी राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार