मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ : अध्यक्ष नेपाल 

कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ : अध्यक्ष नेपाल 

जनतामा आएको नैराश्यताको अन्त्य गर्न कम्युनिष्ट पार्टीले विगतमा गरेका कमीकमजोरी स्वीकारेर एकीकृत हुनुपर्ने

शुक्रबार, कात्तिक १६ २०८१
शुक्रबार, कात्तिक १६ २०८१
  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समादवादी) का अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्ट पार्टी भित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दै गएको दाबी गरेका छन् । 

    आज पार्टी निकट जनसांस्कृति महासंघद्धारा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य नभएसम्म मुलुकमा विकास तथा जनताको समस्या समाधान नहुने बताए । हाल कम्युनिष्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै गएको उनले बताए । 

    उनले भने, “सामूहित हित र वर्गीय हितका लागि स्थापित कम्युनिष्ट पार्टीमा स्वार्थी प्रवृत्ति बढ्दै गएको छ । भ्रष्टीकरण बढ्दै गएको छ । यो हो प्रमुख समस्या ।” सच्चा कम्युनिष्ट एकताबद्ध भएर देश र जनताको समस्या समाधान गर्नुपर्ने अध्यक्ष नेपालको भनाई रहेको छ । 

    मुलुकमा दण्डहिनता र असल नेतृत्वको अभावमा जनतामा आएको नैराश्यताको अन्त्य गर्न कम्युनिष्ट पार्टीले विगतमा गरेका कमीकमजोरी स्वीकारेर एकीकृत हुनुपर्ने उनले बताए । 

    दीपावली, नेपाल सम्वत, छठलगायत पर्वहरुको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले मुलुकको आर्थिक विकास तथा सामाजिक रुपान्तरणको लागि मौलिक कला संस्कृतिको संरक्षण गर्नुपर्ने बताए । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार