मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

तिहार

राष्ट्रपति पौडेलले लगाए बहिनीहरुबाट टीका

राष्ट्रपति पौडेलले लगाए बहिनीहरुबाट टीका

उनिहरुले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर, बदामसहितका सौगात प्रदान गरिन ।

आइतबार, कात्तिक १८ २०८१
आइतबार, कात्तिक १८ २०८१
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् ।

    राष्ट्रपति पौडेललाई उनिहरुले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन। उनिहरुले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर, बदामसहितका सौगात प्रदान गरिन ।

    राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो । यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ ।

    यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ । रासस

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार