मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

न्यायालय

दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय

दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय

उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको

मंगलबार, कात्तिक २० २०८१
मंगलबार, कात्तिक २० २०८१
  • काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन् ।

    सर्वोच्च अदालतका न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको छ ।

    उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।

    दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार प्रहार गरिएको थियो ।

    उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्‍यो । तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाई दियो ।

    जिल्ला आदालतको यस्तो आदेशपछि सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन गराएको थियो ।

    उच्च आदलत पाटनले मनाङेलाई ५ वर्षको कैद सजाय सुनाएको थियो । उच्च दलातको आदेशपछि पुन: सर्वोच्च आदालतमा पुनरावेदन गरिएको थियो ।

    सर्वोच्चले उक्त ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दामा दोषी ठहर गर्दै उच्च आदलतको आदेशलाई नै सदर गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार