मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

सहकारी ठगी प्रकरण

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

यो म्याद कार्तिक १५ गतेदेखि गणना हुने

मंगलबार, कात्तिक २० २०८१
मंगलबार, कात्तिक २० २०८१
  • पोखरा । ठगी तथा संगठित अपराधमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    कास्की जिल्ला अदालतले मंगलबार लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएको हो । यो म्याद कार्तिक १५ गतेदेखि गणना हुने जनाइएको छ ।

    लामिछानेलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेर अनुसन्धानका लागि पोखरा लिएको छ ।

    यस अघि अदालतले उनलाई पहिलो पटक ६ दिन र दोस्रो पटक ७ दिनको म्याद दिएको थियो । उक्त म्याद सकिएपछि आज प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियोे ।

    रवि लामिछाने पक्राउ परेसँगै रास्वपाका नेता कार्यकर्ताहरुले सरकारले फसाउन षड्यन्त्र गरेको भन्दै पोखरामा निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार