काठमाडौं । इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा प्रा.धनप्रसाद पण्डित नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्को सिफारिसमा पण्डितलाई इजरालयका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रा. धनप्रसाद पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको हो ।
