पोखरा । ठगी तथा संगठित अपराधमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
कास्की जिल्ला अदालतले आइतबार लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएको हो ।
लामिछानेलाई यस अघि तेस्रो पटक म्याद थप्दै आदालतले १० दिन हिरासतमा राख्न अनुमती दिएको थियो । उक्त म्याद सकिएपछि प्रहरीले पुनः म्याद थप गर्न भन्दै आज जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो ।
लामिछानेलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेर अनुसन्धानका लागि पोखरा लिएको छ ।
यस अघि अदालतले उनलाई पहिलो पटक ६ दिन र दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । उक्त म्याद सकिएपछि आज प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको हो ।
रवि लामिछाने पक्राउ परेसँगै रास्वपाका नेता कार्यकर्ताहरुले सरकारले फसाउन षड्यन्त्र गरेको भन्दै पोखरामा निरन्तर प्रदर्शन गर्दै आएका छन् ।
