मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सहकारी ठगी प्रकरण

सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति धनराज गुरुङसँग सीआईबीले लियो बयान 

सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति धनराज गुरुङसँग सीआईबीले लियो बयान 

संसदीय छानबिन समितिले पनि कांग्रेस उपसभापति गुरुमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको

बुधबार, कात्तिक २८ २०८१
बुधबार, कात्तिक २८ २०८१
  • काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ ले नेपाली कांग्रेसका उपसभापति समेत रहेका पूर्वकानून मन्त्री धनराज गुरुङसँग बयान लिएको छ । 

    सीआईबीले सहकारी ठगी प्रकरणको विषयमा अनुसन्धान गर्न गुरुङसँग बयान लिएको हो । सहकारी ठगी प्रकरणमा उपसभापति गुरुङको पनि नाम जोडिएपछि बुधवार सीआईबीले उपसभापति गुरुङसँग झण्डै चार घण्टा बयान लिएको हो । 

    ललितपुरको मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा गुरुङकी पूर्वपत्नी ज्योती जोडिएकाले उनी पनि विवादमा परेका थिए । ज्योती उक्त सहकारीकी सञ्चालक थिइन् । 

    ज्योतीसँग गुरुङको डिभोर्स भएपछि पनि उनले श्रीमतीको नाममा ऋण तिरिरहेको पाइएपछि गुरुङको भूमिकालाई शंकास्पद मानिएको थियो । यस सहकारी ठगी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिले पनि कांग्रेस उपसभापति गुरुमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको थियो । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार