मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

दुर्घटना

दुर्घटनापछि फरार रहेका कार चालक भुजेलले गरे प्रहरीसमक्ष आत्मसमर्पण

दुर्घटनापछि फरार रहेका कार चालक भुजेलले गरे प्रहरीसमक्ष आत्मसमर्पण

भुजेलले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिएर पसलको सटरमा समेत ठोक्किएको

बुधबार, कात्तिक २८ २०८१
बुधबार, कात्तिक २८ २०८१
  • काठमाडौं । काठमाडौंको शंखरापुरमा बुधवार मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका कार चालक झाँक्री प्रकाश भुजेलले प्रहरीसमक्ष आत्मसमर्पण  गरेका छन् । 

    आज दिउँसो साढे दुईबजेतिर शंखरापुर वडा नम्बर ९ इन्द्रायणी पुल नजिकै भुजेलले चलाएको बा ११ प २६९५ नम्बरको कारले बागमती प्रदेश ०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

    भुजेलले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिएर पसलको सटरमा समेत ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् । 

    घाइतेहरुको ग्राण्डी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार