मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

दुर्घटना

झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिएका मोटरसाइकल चालकको मृत्यु

झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिएका मोटरसाइकल चालकको मृत्यु

बुधबार, कात्तिक २८ २०८१
बुधबार, कात्तिक २८ २०८१
  • काठमाडौं । झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक कागेश्वरी मनहरा नगरपालिका-२ का २८ वर्षीय नारायण गरकोटी रहेका छन् ।

    गाडीको ठक्करबाट गम्भीर घाइते नारायणको उपचारको क्रममा साझ ग्राण्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

    आज दिउँसो साढे दुईबजेतिर शंखरापुर वडा नम्बर ९ इन्द्रायणी पुल नजिकै भुजेलले चलाएको बा ११ प २६९५ नम्बरको कारले बागमती प्रदेश ०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    भुजेलले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिएर पसलको सटरमा समेत ठोक्किएको थियो । मोटरसाइकको पछाडि सवार नारायणकी ३२ वर्षीया श्रीमती किसानुमाया नगरकोटी पनि गम्भीर घाइते भएकी छिन । उनको पनि ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ ।

    मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका गाडी  चालक झाँक्री प्रकाश भुजेलले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार