मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन महानिरीक्षक कुँवर सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । 

बागीपाेस्ट संवाददाता
सोमबार, वैशाख १० २०८१

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन् । 

इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन महानिरीक्षक कुँवर सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । 

प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गरेका छन् । 

इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने ‘हेड अफ एनसिबी कन्फरेन्स’ यस वर्ष सन् २०२४ अप्रिल २३ देखि २५ (तद्अनुसार २०८१ वैशाख ११ देखि १३ गते) सम्म फ्रान्सको लियोनमा सम्पन्न हुनेछ । कन्फरेन्समा प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह समेत सहभागी हुनेछन् । 

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार