काठमाडौं । मन्त्रीपरिषद्को बैठक आज बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान १० बजे मन्त्रीपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार यो मन्त्रीपरिषद्को नियमित बैठक हो ।
सरकारले केही अध्यादेशमार्फत केही ऐनहरु संशोधन गर्दैछ । आजको मन्त्रीपरिषद्को बैठकले त्यस विषयमा निर्णय गर्ने जनाइएको छ ।
