मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

मानव तस्करी प्रकरण

मानव तस्करीका ओपित एमाले नेता अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति 

मानव तस्करीका ओपित एमाले नेता अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति 

उनीहरुले आफूहरुले १० देखि १४ लाख बुझाएर उनीसँग जापन गएको प्रहरीसँगको बयानको क्रममा बताएको प्रहरी अधिकारीको भनाई

मंगलबार, मंसिर ४ २०८१
मंगलबार, मंसिर ४ २०८१
  • काठमाडौं । नेकपा (एमाले) का नेता एवम् कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 

    मानव तस्करीको आरोपमा पक्राउ परेका नेता अधिकारीलाई मंगलबार जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । केही दिन अघि विराटनगरबाट पक्राउ गरेका अधिकारीलाई सोही दिन प्रहरीले जहाजमार्फत् काठमाडौं ल्याएको थियो । 

    हाल जिल्ला अदालत परिसर काठमाडौंले अधिकारीमाथि अनुसन्धान गरिरहेको छ । आफू मन्त्री भएका बेला मन्त्री अधिकारीले मन्त्रालयसँग सम्बन्धीत व्यक्तिलाई आफूसँगै जापान लिएर गएका थिए । जापान अध्यागमन विभागले उनीसहित चारै जनाले नेपाल डिपोर्ट गरेको थियो । 

    मन्त्रीसहित चारै जना नेपाल फिर्ता भएपछि घटना बाहिरिएसँगै मन्त्री अधिकारीको चर्काे विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । घटना बाहिरिएसँगै उनीसहित ६ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । 

    अधिकारीसँग जापान गएका उनीहरुले आफूहरुले १० देखि १४ लाख बुझाएर उनीसँग जापन गएको प्रहरीसँगको बयानको क्रममा बताएको प्रहरी अधिकारीको भनाई रहेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार