काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङले मिटरब्याजी आरोपमा दाङमा एक दम्पतीको नाक काटिदिएको छ ।
मिटरब्याजका नामा ठगी गरेको भन्दै नेकपा (बहुमत) दाङले घोराहीउपमहानगरपालिका १५ बीपी चोक निवासी धर्मबहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतको नाक काटेको हो ।
नेकपा (बहुमत) का जिल्ला सेक्रेटरी अमरले विज्ञप्ति जारी गरी घटनाको जिम्मा लिएका छन् ।
बस्नेत दम्पतीले सर्वसाधारणसँग मिटरब्याजका नाममा ठगी गरेको, नक्कली तमसुक बनाएर मुद्दा दिने गरेको र पीडितहरुलाई अत्याचारगरेकाले कारबाही गरेको विज्ञप्तिमा उल्लेख छ ।
बस्नेत दम्पतीलाई गत साउनमा प्रहरीले मिटरब्याज ठगी आरोपमा पक्राउ गरेको थियो । हिरासतबाट छुटेपछि उनिहरुले मिटरब्याज पीडितलाई मुद्दा हाल्ने र दु:खद दिने गरेपछि कारबाही गरिएको नेकपा बहुमत दाङले जनाएको छ ।
