मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

जरिवाना 

एमालेमाथि बालेनको एक्सन, दरबारमार्गमा फोहोर गरेको भन्दै गरे एक लाख जरिवाना 

एमालेमाथि बालेनको एक्सन, दरबारमार्गमा फोहोर गरेको भन्दै गरे एक लाख जरिवाना 

सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण भएको भन्दै १ लाख रुपैयाँ जरिवाना

शुक्रबार, मंसिर ७ २०८१
शुक्रबार, मंसिर ७ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा (एमाले) लाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । 

    काठमाडौँ महानगरका मेयर बालेन शाहले एमालेले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण भएको भन्दै १ लाख रुपैयाँ जरिवाना गराएका हुन् । 

    महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना तोकिएको जनाएको छ ।

    सत्तारुढ दल एमालेले आज काठमाडौंको दरबारमार्गमा जागरण सभाको आयोजना गरेको थियो । सभालाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । 

    467439940_1082041180142125_3323648397704574202_n.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार