मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

न्यायालय

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति 

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति 

ओलीको कम्बोडियामा रहेको एक्जियटा कम्पनीमा २१ करोड अमेरिकी डलर बराबरको लगानी रहेको दाबी

आइतबार, मंसिर ९ २०८१
आइतबार, मंसिर ९ २०८१
  • काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । 

    प्रसाईंलाई आइतबार जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको साइबार ब्यूरोका डिआईजी नविन्द अर्यालले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडीयामा लगानी रहेको भन्दै अफवाह फैलाएको आरोपमा प्रहरीले प्रसाईंलाई मंसिर ५ मा पक्राउ गरेको थियो । 

    पहिलो पटक अदालतले उनलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरितको कसुर गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

    प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जियटा कम्पनीमा २१ करोड अमेरिकी डलर बराबरको लगानी रहेको दाबी गर्दै केही कागजात समेत सार्वजनिक गरेका थिए । प्रसाईंको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 


    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार