चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा गम्भीर घाइते भएका छन् ।
नारायणगढबाट मुग्लीनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक आज साँझ सडक किनारमा पल्टीएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका चामल बोकेको उक्त ट्रक पल्टीदाँ चार जना च्यापिएर बोल्न नसक्ने अवस्थामा रहेका छन् ।
प्रहरीका अनुसार ट्रकमा च्यापिएर गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि भरतपुर अस्पताल ल्याइएको छ । दुर्घटनाको कारण खुलीनसकेको र यस विषयमा थप अनुसन्धान भेरहेको प्रहरीले जनाएको छ ।
