मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

कार्यसक्षमता नभए मन्त्री परिवर्तन गर्ने प्रधानमन्त्रीको चेतावनी 

कार्यसक्षमता नभए मन्त्री परिवर्तन गर्ने प्रधानमन्त्रीको चेतावनी 

अब अल्याङटल्याङ गर्ने समय नभएको, मन्त्रीको कार्यसक्षमता प्रभावकारी नभए सोच्नुपर्ने बेला भएको

बुधबार, मंसिर १२ २०८१
बुधबार, मंसिर १२ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको सक्षमता प्रभावकारी नदेखिए परिवर्तन हुन सक्ने चेतावनी दिएका छन् । 

    चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको बुधवार बसेको समिक्षा बैठकमा प्रधानमन्त्री ओलीले सोचेजति काम नभएकोले प्रभावकारी रुपमा कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । 

    कुनै पनि मन्त्रीको कार्यसक्षमता प्रभावकारी नभए समीक्षा गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री, मन्त्री र सचिवले सकारात्मक परिणामका लागि आफ्नो ठाउँबाट हस्तक्षेप गर्नुपर्ने र काम नगर्ने कर्मचारीलाई सरुवा मात्रै नगरेर कारबाही गर्नुपर्ने उनले बताए ।

    ‘प्रक्रियावादमा मात्रै नअल्झिऔँ । हामीले जनताका अपेक्षाबमोजिम ठोस र परिणाममूलक काम गर्न सक्नुपर्छ । देशमा रोजगारी र आम्दानी बढाउने नीति लिनुपर्छ,’ प्रधानमन्त्री ओलीले निर्देशन दिँदै भने, ‘काम नहुँदा निरीह भएर हेरेर मात्रै हुँदैन, अब के गर्ने भन्ने ठोस योजना मलाई चाहियो । हामी सरकारमा भएको उपादेयता हुनुप¥यो । हिम्मतिलो तरिकाले अगाडि बढौँ ।’

    अब अल्याङटल्याङ गर्ने समय नभएको, मन्त्रीको कार्यसक्षमता प्रभावकारी नभए सोच्नुपर्ने बेला भएको र कर्मचारीले उत्साहका साथ काम गर्नुपर्ने समय रहेको बताए ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री, मन्त्री, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरू सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार