काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दैछन् ।
त्रिवि क्रिकेट मैदानमा टस जित्दै जनकपुर बोल्ट्सका कप्तान अनिल कुमार शाहले बलिङ रोजेपछि विराटनगर किंग्सले ब्याटिङको निम्तो पाएको हो ।
विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रँदै छ भने जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा उत्रँदै छ । केही बेरमा खेल सुरु हुँदैछ ।
