काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा भैरहेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ गरिरहेको जनकपुरले दोस्रो ओभरको पहिलो बलमै सफलता हात पारेको छ । ललित राजवंशीले जनकपुर बोल्ट्सलाई पहिलो सफलता दिलाएका हुन् ।
आफ्नो पहिलो बलमै ललितले विराटगरका ओपनर लोकेश बमलाई बोल्ड आउट गरे । ठूलो सर्ट खेल्न चाहेका लोकेश ५ रन बनाएर आउट भए ।
