मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एनपीएल

एनपीएलको विजेता टोलीले एक करोड ११ लाख पुरस्कार पाउने 

एनपीएलको विजेता टोलीले एक करोड ११ लाख पुरस्कार पाउने 

प्रतियोगितामा दोस्रो हुने टोलीले ५० लाख, तेस्रो हुनेले ३० लाख चौथो हुने टोलीले २० लाख रुपैयाँ पुरस्कार पाउने

शनिबार, मंसिर १५ २०८१
शनिबार, मंसिर १५ २०८१
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले एक करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । 

    एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले एक करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने जानकारी गराइएको हो । आयोजकका अनुसार प्रतियोगितामा दोस्रो हुने टोलीले ५० लाख, तेस्रो हुनेले ३० लाख चौथो हुने टोलीले २० लाख रुपैयाँ पुरस्कार पाउने छन् । 

    सिंगल राउन्ड रोबिनका आधारमा हुने एनपीएलमा लिग चरणमा कुल २८ खेल हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। जहाँ पहिलो र दोस्रो हुने टिमबीच पहिलो क्वालिफायर खेल हुनेछ। यस खेलको विजेताले सीधै फाइनलमा स्थान बनाउनेछ भने तेस्रो र चौथो हुने टोलीले एलिमिनेटर खेल खेल्नेछन्। 

    एलिमिनेटरमा पराजित हुने टोली बाहिरिँदा एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ। यसको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। एनपीएलको फाइनल खेल पुस ६ गते हुनेछ।

    त्रिवि क्रिक्रेट मैदानमा एनपीएलको आज भएको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भैरहेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार