मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

सत्ता परिवर्तनको लागि कांग्रेससँग पहल गरेको छैन्, गगनजीप्रति दया लाग्छ : प्रचण्ड 

सत्ता परिवर्तनको लागि कांग्रेससँग पहल गरेको छैन्, गगनजीप्रति दया लाग्छ : प्रचण्ड 

प्रचण्डले जनतालाई झुटो बोलेकाले महामन्त्री थापाप्रति दया लागेर आएको बताए । 

शनिबार, मंसिर १५ २०८१
शनिबार, मंसिर १५ २०८१
  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता परिवर्तनको लागि नेपाली कांग्रेससँग कुराकानी नगरेको बताएका छन् । 

    शनिबार निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सत्ता परिवर्तनको लागि कांग्रेससँग पहल गरेको कुरा झुटा रहेको दाबी गरे ।

    केही दिन अघि कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई प्रधानमन्त्री बनिदिनुप¥यो भनेर आग्रह गरिरहेको आरोप लगाएका थिए । 

    सोही विषयमा बोल्दै अध्यक्ष प्रचण्डले आफूले सत्ता परिवर्तनको लागि कुरा अघि नबढाएको बताएका हुन् । २०८४ सम्मकै सरकार चलाउन आफूले बारम्बार आग्रह गरेको बताउँदै प्रचण्डले जनतालाई झुटो बोलेकाले महामन्त्री थापाप्रति दया लागेर आएको बताए । 

    उनले सरकार परिवर्तनको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष कुपमा कुरा नभएको बताए । माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस महामन्त्री थापालाई आफ्नो अभिव्यक्तिबारे आत्मसमिक्षा गर्न सुझाव दिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार