काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिक्रेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा अलआउट हुँदै १२७ रन बनायो । विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गर्नु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
गप्टिलले ३६ बलमा अर्धशतक पूरा गरेका हुन् । ४३ बलको सामना गरेका गप्टिलले एक छक्का र ७ चौकाको मदतमा ५५ रन जोडेर आउट भए । विराटनगरका अकिव इल्यासनले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ जनकपुरका ललित नारायण राजवंशीले सर्वाधिक ३ विकेट लिए भने हर्ष थक्कर र किशोर महतोले समान २–२ विकेट चट्काए । त्यस्तै जनपुरका मोहमद महसिन र माइकलले एक–एक विकेट लिए ।
