काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई पहिलो ओझमै झट्का लागेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सले दिएको १२८ रनको लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले पहिलो ओभरमै मार्की खेलाडी आशिफ शेखको विकेट गुमाएको हो ।
विराटनगरका क्रिस सोलले आशिफलाई चौथो बलमा बोल्ड आउट गरेका हुन् । सोलको बलमा आसिफले कट गर्न चाहन्थे तर ब्याटमा लागेर बल सिधै स्टम्पसमा लागेको थियो । यो सँगै आशिफ शुन्य रनमा आउट भए ।
