काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सका ओपनर आन्द्रेस गौसले सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका छन् ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सले दिएको १७१ रनको लक्ष्य पछ्याउने क्रममा पोखराका ओपनर गौसले २० बलमै आक्रामक अर्धशक प्रहार गरेका छन् । यो सँगै उनी एनपीएलमा सबै भन्दा छिटो अर्धशतक प्रहार गरे ।
त्यसका लागि उनले पाँच चौका र चार छक्का प्रहार गरे । पोखराका ओपनरद्धय गौस र दिनेश खरेलले लुम्बिनीविरुद्ध जिततर्फ अग्रसर गराएका छन् ।
