मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एनपीएल

आन्द्रेसको शतकमा लुम्बिनीमाथि पोखराको शानदार जित, बने यस्ता कीर्तिमान

आन्द्रेसको शतकमा लुम्बिनीमाथि पोखराको शानदार जित, बने यस्ता कीर्तिमान

यो सँगै आन्द्रेश एनपीएलमै सबै भन्दा छिटो अर्धशतक र पहिलो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमानी बनाए ।

शुक्रबार, मंसिर २१ २०८१
शुक्रबार, मंसिर २१ २०८१
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि पोखरा एभेन्जर्सले शानदार जित निकालेको छ । 

    पोखराका ओपनर आन्द्रेस गौसको आक्रमक शतक र दिनेश खरेलको उत्कृष्ट ब्याटिङमा पोखराले लुम्बिनीमाथि १० विकेटको जित दर्ता गरेको हो । लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा विना विकेटको क्षतीमा पुरा ग¥यो । 

    पोखराको जितमा २० बलमै अर्धशतक प्रहार गरेका गौसले ५४ बलमा शतक प्रहार गरे । गौसले ५५ बल खेल्दै अविजित १०४ रन जोडे । उनले १२ चौका र ५ छक्का नै प्रहार गरे । यसैगरी विजयी छक्का प्रहार गरेका दिनेशले ४६ बल खेल्दै अविजित ६१ रन जोडे । उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

    यो सँगै आन्द्रेश एनपीएलमै सबै भन्दा छिटो अर्धशतक र पहिलो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमानी बनाए । यसअघि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले विराटनगर किंग्स विरुद्ध २३ बलमा अर्धशतक हानेका थिए ।

    एनपीएलमा यो पहिलो विकेटका लागि पहिलो शतकिय साझेदारी हो भने समग्रमा तेस्रो शतकिय साझेदारी हो । यसअघि पहिलो विकेटका लागि जनकपुर बोल्ट्सका अनिल शाह र आसिफ शेखले कर्णाली याक्स विरुद्ध पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।

    यसैगरी गौस र दिनशले पहिलो विकेटका लागि गरेको  नरको साझेदारी एनपीएलकै उच्च साझेदारी समेत हो । यसअघि उद्घाटन खेलमै जनकपुर बोल्ट्सका लाहिरु मिलान्था र  हर्श थाकरले विराटनगर किंग्स विरुद्ध तेस्रो विकेटका लागि अविजित ११६ रनको साझेदारी गरेका थिए । गौस र दिनेशले त्यो साझेदारीको कीर्तिमान तोडेका हुन् ।

    यस अघि पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको थियो ।

    लुम्बिनीका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनी ५९ बलमा ९५ रनमा आउट भए । उनले चौथो विकेटका लागि टम मुर्ससँग शतकीय साझेदारी गरेका थिए । मुर्स ४५ रनमा आउट भए ।

    लुम्बिनीका दुई ओपनर शून्य रनमा आउट हुँदा सन्दीप जोरा १८ रन बनाएर आउट भए । विवेक २ रनमा अविजित रहे ।

    बलिङमा पोखराका विपीन खत्रीले २ र म्याट क्रिट्ले एक विकेट लिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार