मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

रवि लामिछाने

रवि लामिछानेलाई रातारात पोखरा लानु सरकारको निकृष्ट कार्य : रास्वपा

रवि लामिछानेलाई रातारात पोखरा लानु सरकारको निकृष्ट कार्य : रास्वपा

सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गाएब गरिएको रास्वपाले आरोप लगाएको

शुक्रबार, मंसिर २१ २०८१
शुक्रबार, मंसिर २१ २०८१
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा सरकारले निकृष्ट कार्य गरेको जनाएको छ ।

    चितवनमा सहकारीको रकम अपचलनमा बयान सकिएपछि लामिछानेलाई बुधबार राति त्यहाँबाट पोखरा लगिएको थियो । सरकारको यस कार्यलाई रास्वपाले आश्रर्यजनक, निकृष्ट, निन्दनिय घटना भएको बताएको छ ।

    सरकारको कार्यलाई रास्वपाले गैरन्यायिक चाल भएको टिप्पणी गरेको छ । सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गाएब गरिएको रास्वपाले आरोप लगाएको छ ।

    “सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ । यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेर्छ । यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अनतर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौं,” रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    सरकारको कार्य संविधानको धारा १८ र २२ तथा मुलुकी अपराध संहिता, २०७४, को दफा १६७ एवम् यातना र अन्य कु्रर अमानवीय वा अपमानजाक व्यावहार वा सजाय विरुद्धको महासन्धि १९८४ विपरित भएको रास्वपाको ठहर छ । 

    उक्त विज्ञप्तिमा भनिएको छ, “आज सांसद रवि लामिछानेका माध्यमबाट दुई तिहाइको दम्भमा नेपालमा लोकतान्त्रिक व्यावस्थाई दलिय कुशासनको पञ्जामा पार्न राज्यसत्ता उद्धत रहेको छ ।”

    469388583_563379016402097_2546396785127504818_n.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार