मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

मौसम 

यस्तो छ आजको मौसम 

यस्तो छ आजको मौसम 

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको

शनिबार, मंसिर २२ २०८१
शनिबार, मंसिर २२ २०८१
  • काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू– भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू–भागहरू लगायत बाँकी तराईका भू–भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ । 

    आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

    महाशाखाका अनुसार आज राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । साथै कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार