मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एनपीएल

लुम्बिनीले जित्यो टस, सुदूरपश्चिमविरुद्ध पहिला बलिङ गर्दै 

लुम्बिनीले जित्यो टस, सुदूरपश्चिमविरुद्ध पहिला बलिङ गर्दै 

लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले जित्दै पहिला बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको हो । 

शनिबार, मंसिर २२ २०८१
शनिबार, मंसिर २२ २०८१
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । 

    त्रिवि क्रिकेट मैदानमा भएको टस लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले जित्दै पहिला बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको हो । 

    यस अगाडीका लगातार दुई खेल हारेको लुम्बिनी आज सुदूरपश्चिमलाई हराएर पहिलो जित निकाल्ने दौडमा छ भने यस अघिका दुवै खेल जितेको सुदूरपश्चिम लुम्बिनीलाई हराएर लगातार तेस्रो जितको खोजीमा हुनेछ । 

    आज शनिबार भएकाले त्रिवि क्रिकेट मैदान दर्शकले खचाँखच भरिएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार