काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा १८७ रनको योगफल तयार ग¥यो ।
सुदूरपश्चिमका सैफ अली जबले उत्कृष्ट ब्याटिङ गरे । ६१ बलको सामना गरेका सैफले ९० रन जोडेर आउट भए । ओपनर विनोद भण्डारीले १३ बलमा १७ रन र ब्रान्डन म्याकमुलेमले २० बलमा २३ रन बनाएर आउट भए ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ३९ रन र स्टक कुगेलेइनले ११ रन बनाए । आरिफ शेख भने डक आउट भए ।
बलिङतर्फ रामोन सिमण्ड्सले सर्वाधिक २ विकेट लिए भने कप्तान रोहित कुमार पौडेल र विवेक यादवले समान एक–एक विकेट लिए ।
