मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एनपीएल

लुम्बिनीमाथि सुदूरपश्चिमको सहज जित 

लुम्बिनीमाथि सुदूरपश्चिमको सहज जित 

एनपीएलको आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दै

शनिबार, मंसिर २२ २०८१
शनिबार, मंसिर २२ २०८१
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ । 

    शुक्रबार लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले एनपीएलमा लगातर तेस्रो जित निकालेको हो । यो लुम्बिनीको लगातार तेस्रो हार हो ।  सुदूपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १४२ रन मात्रै बनाउन सक्यो । 

    खेलको सुरुवातीमै खराब ब्याटिङ थालेको लुम्बिनीको लगातर विकेट पतन भयो । लुम्बिनीका विवेक यादवकाले उत्कृष्ट अर्धशतकीय इनिङ खेले । ५४ बलको सामना गरेका विवेकले ३ चौका र ७ छक्काको मदतमा नटआउट ७७ रनको योगदान दिए । 

    सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन जोडे भने अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । लुम्बिनीलाई रोक्नको लागि सुदूरपश्चिमका सैफ अली जैब र ब्रान्डन म्याकमुलेनले सर्वाधिक समान तीन–तीन विकेट लिए भने स्कट कुगेलेइनले २ र अविनाश बोहोराले एक विकेट लिए । 

    यस अघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा १८७ रनको योगफल तयार गरेको थियो । 

    सुदूरपश्चिमका सैफ अली जबले उत्कृष्ट ब्याटिङ गरे । ६१ बलको सामना गरेका सैफले ९० रन जोडेर आउट भए । ओपनर विनोद भण्डारीले १३ बलमा १७ रन र ब्रान्डन म्याकमुलेमले २० बलमा २३ रन बनाएर आउट भए । 

    सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट  ३९ रन र  स्टक कुगेलेइनले ११ रन बनाए । आरिफ शेख भने डक आउट भए । बलिङतर्फ रामोन सिमण्ड्सले सर्वाधिक २ विकेट लिए भने कप्तान रोहित कुमार पौडेल र विवेक यादवले समान एक–एक विकेट लिए ।   

    एनपीएलको आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दैछन् । खेल केही समयपछि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार