मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

उत्तरी सिरियामा कार बम विस्फोट, ८ जनाको मृत्यु 

उत्तरी सिरियामा कार बम विस्फोट, ८ जनाको मृत्यु 

बागीपाेस्ट संवाददाता
बिहीबार , फागुन ५ २०७८

एजेन्सी । सिरियाको उत्तरी सहर अजाजमा कार बम विष्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य २३ जना घाइते भएका छन् । 

बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले सिरियाको विद्रोही नियन्त्रित अजाज सहरको लोकप्रिय बजारमा कार बम विस्फोट गराएको र उद्धारकर्ता घटनास्थलमा पुगेको बताएइएको छ । 

घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भैरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बम विष्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

सिरियाको अलेप्पो प्रान्तमा अवस्थित अजाज सिरियाली सरकार विरुद्ध विद्रोहीको नियन्त्रणमा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार