मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

भ्रमण

कतारका राजालाई स्वागत गर्न राष्ट्रपति पौडेल आफैं विमानस्थल जाने 

कतारका राजालाई स्वागत गर्न राष्ट्रपति पौडेल आफैं विमानस्थल जाने 

पहिलो पटक नेपालको भ्रमणमा आउन लागेका कतारी राजा थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं विमानस्थल जाने भएका छन् ।

बागीपाेस्ट संवाददाता
सोमबार, वैशाख १० २०८१

काठमाडौं । कतारका राजा शेख तामिम विन हमद अल थानी मंगलबार (भोली) नेपाल भ्रमणमा आउने भएका छन् । 

पहिलो पटक नेपालको भ्रमणमा आउन लागेका कतारी राजा थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं विमानस्थल जाने भएका छन् । राष्ट्रपति पौडेलले आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर राजा थानीलाई स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

थानी मंगलबार साँझ त्रिभुवन विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ । उनले राष्ट्रपतिको सरकारी निवास शितल निवासमा राष्ट्रपति पौडेलसँग द्धिपक्षीय भेट गर्ने छन् । त्यस्तै राजा थानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गर्नेछन् । 

उनको स्वागतमा नेपाल सरकारले मंगलबार सार्वजनिक बिदा समेत दिएको छ । राजा थानी बुधवार स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार