काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गिरिबन्धु टी–इस्टेटको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको आरोप लगाएका छन् ।
मंगलबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकारले दोस्रो चरणमा गिरिबन्धु टी–इस्टेटको फाइन खोल्ने तयारी गरेपछि सरकार फेरिएको दाबी गरे ।
भ्रष्टाचार गर्नेहरुमाथि कारबाही हुनुपर्ने भन्दै उनले गिरिबन्धु टी–स्टेट प्रकरणमा सर्वाेच्च अदालतको फैसला कार्यान्वयन हुनुपर्ने र गिरिबन्धुको फाइल खोलिनुपर्ने उनले बताए ।
उनले भने, “म दोस्रो चरणमा गिरिबन्धुको फाइल खोल्ने अन्तिम तयारीमा थिए । सर्वाेच्च अदालतले पनि आदेश दिइसकेको थियो । अहिले गिरिबन्धुको भ्रष्टाचार रोक्न सरकार सम्पूर्ण शक्तिका साथ लागिपरेको छ । हामी सबैले यसमा खबरदारी गर्न जरुरी छ । गिरिबन्धुमा सर्वाेच्चको फाइल कार्यान्वयन हुनुप¥यो । फाइल खोलिनु प¥यो । उनीहरुमाथि कारबाही हुनुप¥यो ।”
अहिलेको सरकारको नेतृत्व गर्ने राजनीतिक दलका सम्बन्धीत मानिसहरुनै सबै भन्दा बढी सहकारी ठगीमा संलग्न रहेको दाबी गर्दै प्रचण्डले एमाले र कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको गम्भीर मूल्य चुकाउनुपर्ने बताए ।
