काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्धा दर्ता गराएको हो । प्रसाईंलाई साढे ७ वर्ष कैद सजायको माग गरिएको छ ।
यो भन्दा अगाडी पनि मुद्दा चलेको हुनाले कानुनी सजाय भन्दा डेढी सजाय हुने व्यवस्था अनुसार प्रसाईंविरुद्ध विद्युतीय कारोबारमा मुद्धा दर्ता भएको र सो व्यवस्था अनुसार साढे सात वर्ष कैद सजायको माग गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडीयामा लगानी रहेको भन्दै अफवाह फैलाएको आरोपमा प्रहरीले प्रसाईंलाई मंसिर ५ मा पक्राउ गरेको थियो ।
प्रसाईंको थुनछेक बहस विहिबार हुनेछ । उनीविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान भैरहेको छ ।
