मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

दर्ज्यानी चिन्ह

प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

सिग्देललाई भारतिय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी

बिहीबार , मंसिर २७ २०८१
बिहीबार , मंसिर २७ २०८१
  • काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति महारथी अशोक राज सिग्देललाई भारतिय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन् । 

    राष्ट्रपति मुर्मुले बिहिवार राष्ट्रपति भवनमा आयोजित विशेष सुशोभन कार्यक्रममा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन् । 

    नेपाल–भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रही आएको छ । 

    प्रधान सेनापति सिग्देलले आजै भारतका रक्षा मन्त्री श्री राजनाथ सिंहसँग शिष्टाचार भेटवार्ता गरेका छन् । त्यसै गरी, उनले स्थल सेना भवन परिसरमा वृक्षारोपण समेत गरेको जनाइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार