मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

महाअभियोग

दक्षिण कोरियाली राष्ट्रपति युनविरुद्धको महाअभियोग संसदबाट पारित 

दक्षिण कोरियाली राष्ट्रपति युनविरुद्धको महाअभियोग संसदबाट पारित 

राष्ट्रपति युनले उत्तर कोरिया र देशभित्रका केही विपक्षीबाट राष्ट्रियता खतरामा परेको भन्दै डिसेम्बर ३ मा सैनिक शासन लागू गरेका

शनिबार, मंसिर २९ २०८१
शनिबार, मंसिर २९ २०८१
  • एजेन्सी । दक्षिण कोरियाको संसद्ले राष्ट्रपति युन सुक येओलविरुद्धको महाअभियोग प्रस्ताव पारित गरेको छ । 

    शनिबार भएको मतदानमा २०४ जना सांसदले राष्ट्रपति युनविरुद्धको महाअभियोग प्रस्तावको पक्षमा मतदान गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । महाअभियोगको विपक्षमा भने ८४ जना सांसदले मतदान गरे, ८ मत बदर हुँदा ३ जना सांसद् भने तटस्थ बसे । 

    संसद्बाट महाअभियोग प्रस्ताव पारित भएसँगै युन अब राष्ट्रपति पदबाट स्वतः निलम्बित भएका छन् । यो सँगै उनले अब संवैधानिक अदालतमा मुद्धाको सामना गर्नुपर्नेछ । उनीविरुद्धको महाअभियोग प्रस्तावबारे अब ९ सदस्यीय अदालतले अन्तिम निर्णय लिनेछ । ९ मध्ये ६ न्यायाधिश महाअभियोगको पक्षमा रहेको खण्डमा युन पदमुक्त हुनेछन् । 

    राष्ट्रपति युनले उत्तर कोरिया र देशभित्रका केही विपक्षीबाट राष्ट्रियता खतरामा परेको भन्दै डिसेम्बर ३ मा सैनिक शासन लागू गरेका थिए । तर संसद्को बहुमतले उक्त प्रस्तावको विपक्षमा मतदान गरेपछि उनले सैनिक शासन लागू गर्ने निर्णय फिर्ता लिएका थिए । 

    राष्ट्रपति युनले सैनिक शासन लागू गर्ने निर्णय फिर्ता लिए पनि विपक्षी सांसदहरुले भने उनलाई पदबाट हटाउनु पर्ने भन्दै महाअभियोग प्रस्ताव ल्याएका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार